बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छः मन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छः मन्त्री महतो

काठमाडौं, २८ असार । वन तथा वातावरण वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको हो ।

उहाँले त्यसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताउनु भयो । त्यसैगरी वन उद्यम प्रवद्र्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो –‘वन क्षेत्रको दिगो व्यवस्थापन, जडिबुटी तथा गैर काष्ठ वन पैदावारको प्रवद्र्धन, वन उद्यम, मानव–वन्यजन्युबीचको द्वन्द व्यवस्थापन, जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन, चुरे संरक्षण, वातावरण संरक्षणका विषयहरु, राष्ट्रिय वन नीति २०७५ को १५ औँ आवधिक योजना आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यले परिलक्षित गरेका विषयहरु नै हुन् । यिनै विषयमा केन्द्रीत रहेर बजेट प्रस्ताव गरिएको छ । हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ । जसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहहरु तथा उपभोक्ता लगायतका सरोकारवालाहरु सहितको सहभागितामा कार्यान्वयनमा ल्याइने छ । वन उद्यम प्रवद्र्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिनेछ । वन अतिक्रमण, वन डढेलो लगायतबाट वनको संरक्षणमा यस मन्त्रालय सजग रहेको छ । राष्ट्रिय वन क्षेत्रहरुमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरुलाई शसर्त अनुदानका रुपमा प्रदेश सरकारहरुमार्फत बजेट उपलब्ध गराइएको छ ।’

मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);