काठमाडौं, २८ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली (शुक्रबार) एक दिने भ्रमणका लागि नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने जनाइएको छ ।
अमेरिकी मन्त्री लु नेपालमा धेरै पटक यस अघि नै आइसकेका छन् ।