टेकनाथ रिजाललाई बयानमा नाम लिएका बन्दीहरूबाट टाढा राख्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

टेकनाथ रिजाललाई बयानमा नाम लिएका बन्दीहरूबाट टाढा राख्न माग

काठमाडौं, २८ असार । नक्कली शरणार्थी भुटानी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाललाई तत्काल रिहाइ गर्न भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै रिजालको तत्काल र बिना शर्त रिहाइको माग गरेको हो ।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि तत्काल र बिना शर्त रिहाइका ग्लोबल अभियान (GCRPPB) २०१९ मा दर्ता भएका संस्था हो । भिआइपी अभियुक्त टोप बहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका अभियानले उल्लेख गरेको छ । रिजाल बुढेसकाल लागेसँगै विभिन्न रोगबाट ग्रसित भएको उल्लेख गर्दै जेलमुक्त गर्नुपर्ने अभियानको भनाइ छ ।

अभियानको अनुसार अर्को थुनुवा इन्द्रजित राई,जसलाई रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम दिएका थिए, उनी सँगै रिजाललाई जेलमा राखिएको छ । सोही कारण पनि रिजालमाथि निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको भुटानी राजबन्दी रिहाका अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस अभियानले जारी गरेको प्रेश विज्ञप्ती

भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानको प्रेस विज्ञप्ति

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि ग्लोबल अभियान (GCRPPB), भुटानी राजनीतिकबन्दीहरूको तत्काल र बिना शर्त रिहाइको लागि अभियान गर्न २०१९ मा गठन गरिएको हेगमा रहेकोसंस्था हो । भुटानमा चार दशकदेखि मानव अधिकारबन्धकमा परेको छ । मानव अधिकारको आवाजउठाउने १ लाख भन्दा बढीलाई देश निकाला गरिएकोछ । भुटान भित्रै रहेका मानव अधिकारकापक्षधरलाई खोजिखोजी जेलमा बन्दी बनाइएको छ। दुखदायी र पीडादायी जीवन बिताउन भुटानीराजाले विवश बनाइरहेका छन् । उनीहरूको तत्कालरिहाइका लागि भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय समुदाय सँग अपिल गर्दछ ।

हालैका समाचारहरूका अनुसार न्ऋच्एएद्य आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छ । टेक नाथ रिजाल भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलकाबन्दीहरूले अदालतको बयान परिवर्तन गर्न दबाब दिनेप्रयास भइरहेको छ । रिजालका वकिल राम कुमार सुवाललाई उद्धृत गर्दै www.pahichan.com मा ८ जुलाई २०२३ मा प्रकाशित समाचारमा उल्लेख भए बमोजिम भिआइपी अभियुक्त टोप बहादुररायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका छन् ।

यसबाहेक, हामीले हाम्रो स्रोतबाट थाहा पाएका छौं कि उहाँलाई अर्को थुनुवा इन्द्रजित राई अभियुक्त मध्ये एक, जसलाई रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम दिएका थिए, उनी सँगै रिजाललाई राखिएको छ । तसर्थ, यही कारणले रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको छ ।

हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओड्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ ।

सन् १९८९ मा तत्कालीन नेपाल सरकारले भुटानलाई जबरजस्ती सुम्पिएपछि रिजाल १० वर्ष राजनीतिक बन्दी बन्नु भएको थियो । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार १० वर्ष राजनीतिक बन्दी हुँदा रिजाललाई भुटानको जेलमा अमानवीय यातना दिइयो । त्यसयता उहाँ मधुमेह, रक्तचाप र बुढेसकाल सँग सम्बन्धित अन्य रोग जस्ता विभिन्न गम्भीर रोगबाट पीडित हुनुहुन्छ । रिजाल ७६ वर्षको हुनु भएको छ ।

टेकनाथ रिजालले निर्वासन र भित्री भुटानी जनता माथिको अन्याय विरुद्धको लडाइमा कहिल्यै सम्झौता गर्नु भएन । भुटानी जनताको हितका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन निःस्वार्थ रूपमा बलिदान गर्नुभयो । तसर्थ ७६ वर्षको उमेरमा कुनै पनि समझदार व्यक्तिलाई आफू नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको पत्याउन गाह्रो छ । GCRPPB दृढतापूर्वक विश्वास गर्दछ कि श्री रिजाललाई नक्कली भुटानी शरणार्थी घोटालामा दोषी मध्ये एकको रूपमा गलत रूपमा आरोप लगाइएको छ र यसैले GCRPPB उनको तत्काल रिहाइको माग गर्दछ।

श्री रिजाललाई रिहा नगरेसम्म, GCRPPB नेपाल सरकारलाई निम्न कार्यहरू तुरुन्तै गर्न अनुरोध गर्दछः

१= रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामाराखियोस ।

२= कुनै अपरिचित आगन्तुकहरूले उहाँलाई भेट्नअनुमति दिनु अघि रिजालसँग परामर्श लिइयोस ।

३= रिजाललाई कोठामा न्यानो राख्न पर्याप्त सुत्नेसामग्री उपलब्ध गराइयोस् ।

४= रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्सा जाँचहरू प्रदान गरियोस् ।

५= रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदानगरियोस् ।

GCRPPB राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरुलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उहाँको स्वास्थ्य अवस्था बारे सोधपुछ गर्नेव्यवस्था मिलाउन पनि अनुरोध गर्दछ । साथै, GCRPPB टेक नाथ रिजालका सबैशुभ चिन्तकहरूलाई उहाँको जीवनको यस कठिनसमयमा उहाँको नैतिकता बढाउन जेलमा उहाँलाईभेट्न सम्भव भएमा उहाँलाई समर्थन र ऐक्यबद्धता देखाउन आग्रह गर्दछ ।

राम कार्की

संयोजक

भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियान

हेग, नेदरल्यान्ड्स

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);