यमुना नदीमा पानीको सतह बढ्यो,आसपासका क्षेत्र खाली गरिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

यमुना नदीमा पानीको सतह बढ्यो,आसपासका क्षेत्र खाली गरिँदै

एजेन्सी, २८ असार । हरियाणाबाट पानी छोडेपछि यमुना नदीको बहाव बढेको छ । राति १० बजेसम्म दिल्लीमा यमुना नदीको जलस्तर २०८.०५ मिटर पुगेको छ । यमुनाको उच्चतम जलस्तर सन् १९७८ मा २०७.४९ मिटर पुगेको थियो। यसपटक ४५ वर्षको कीर्तिमान तोडियो । साँझ यमुनाको पानी रिङरोड पुग्यो । बिहीबार बिहान ८ बजेसम्म यमुनाको जलस्तर २०८.३० मिटर पुग्ने छ ।

उत्तराखण्ड, दिल्ली, यूपी, पञ्जाब र हरियाणामा लगातार वर्षा भइरहेको छ। खराब मौसमका कारण पछिल्लो ४ दिनमा देशका विभिन्न राज्यमा सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

बुधबार उत्तर भारतका राज्यहरूमा वर्षा रोकिएपछि स्थितिमा केही सुधार आएको थियो । अहिले सरकारको सबै ध्यान सडक र पुल भत्किएर अलपत्र परेका मानिसको उद्धारमा केन्द्रित भएको छ ।

हिमाचलमा १० हजार पर्यटक अलपत्र परेका छन् । चन्द्रतालमा ३ फिट हिउँ जमेको छ । उद्धारमा ६ वटा हेलिकप्टर परिचालन गरिएको छ । कुल्लुमा ब्यास नदीको बहावले साँज बजारको आधा भाग मात्रै बगाएको छ ।

जुलाई ८ देखि हिमाचल प्रदेशमा ३६, यूपीमा ३४, जम्मू कश्मीरमा १५, उत्तराखण्डमा ९, दिल्लीमा ५ र राजस्थान, महाराष्ट्र र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ । बिहीबार पनि उत्तराखण्डमा वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।
पहिरोका कारण गंगोत्री र यमुनोत्री राष्ट्रिय राजमार्ग धेरै ठाउँमा बन्द भएका छन् । यहाँ तीनदेखि पाँच हजार मानिस अलपत्र परेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);