समाजवादी मोर्चाको बैठक अपराह्न बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

समाजवादी मोर्चाको बैठक अपराह्न बस्दै

काठमाडौं,२७ असार । आज समाजवादी मोर्चाको बैठक अपराह्न बस्दैछ । बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर,तीनकुनेमा बस्न बोलाइएको हो । मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो । मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);