खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ : पल शाह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ : पल शाह

काठमाडौं, २६ असार । अभिनेता पल शाहले देशको कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घनबारे सोच्न पनि नसक्ने बताएका छन् । कान्तिपुर टिभीबाट प्रसारित ‘What The Flop Show’ मा अन्तरवार्ताको चौतर्फी आलोचना भएपछि उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,“मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!”

अदालतबाट “सफाई” पाइसकेपछि पनि पीडालाई हाँसोले जितेर सामान्य जीवनमा फर्कन नमिल्ने होर भन्दै प्रश्न पनि गरेका छन्,“अदालतबाट “सफाई” पाइसकेपछि मैले निधारमा “म बलात्कारी हुँ“ लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ?”

अभिनेता शाहले निधारमा ‘बलात्कारी हुँ’ लेखेर देश छोडौँ ? अथवा खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ? भन्दै गुनासो पोखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);