पोखराका अवैध संरचनामा महानगरको डोजर | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

पोखराका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।

पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ ।

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी–अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागिएको हो ।

सो क्षेत्रको दूरी १० दशमलब ६ किलोमिटर रहेको छ । पोखराको मुख्य बजार क्षेत्र छिर्ने विजयपुर खोलाबाट पृथ्वीचोकसम्मको सो क्षेत्र अतिक्रमणमा परेको छ । कतिपय ठाउँमा निर्माण सामग्री राखिएको छ भने केही ठाउँमा जग्गा नै हडपिएको छ । भौतिक निर्माण, बिजुलीका पोलहरु नहटाइए पृथ्वी राजमार्ग स्तरोन्नति परियोजना अगाडि नबढ्ने भएकाले सार्वजनिक सूचना जारी गरेरै डोजर चलाइएको मेयर आचार्यको भनाइ छ । मुग्लिन–पोखरा सडक खण्डमध्ये पश्चिम खण्ड अर्थात् पोखरा क्षेत्रको कामले गति नलिएपछि दाता एसियाली विकास र्बैंक रुष्ट छ ।

२०८१ भदौभित्र निर्माण सम्पन्न हुनुपर्ने सडकको हालसम्म ७ प्रतिशत काम पनि हुन सकेको छैन । कामको अनुगमनको लागि यही असार २७ गते एसियाली विकास बैंकको टोली आउने भएपछि पोखरा महागनर तात्तिएको हो । विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);