आरजुको नाम लिइएको अडियो जेलमा रहेका सन्देश शर्मासँग मिल्यो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आरजुको नाम लिइएको अडियो जेलमा रहेका सन्देश शर्मासँग मिल्यो

काठमाडौं, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा.आरजु राणाको नाम लिइएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै डा.आरजुले आवश्यक छानबिनका लागि प्रहरी प्रधान कार्यालय साईबर व्युरोमा गत बैशाख २७ गते निवेदन दिएकी थिईन् ।

उक्त प्रकरणमा पक्राउ परेर थुनामा रहेका शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसूर मुद्दा चलिरहेको छ । ‘उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा Speakers Identification Traits match  भनी उल्लेख भएको जुन स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका बर्ष ३४ को सन्देश शर्माको Control Sample  सँग मेल खाएको,’– नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);