काठमाडौं, २४ असार । आज बिहान ५ बजे तीन नम्बर पुलमा पहिरो खसेर अबरुद्ध भएको सडक दुइतर्फी सञ्चालनमा आएको छ ।
झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पहिरो सानो भएकोले पन्छाउन धेरै समय नलागेको हो । यसअघि शनिबार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।