सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बस्न सकेन प्रतिनिधि सभा बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बस्न सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं । सत्ता पक्ष र एमालेबीच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ ।

लगातार तस्रोदिन शुक्रबार बस्न नसकेको बैठक सुचना टाँसगरि आइतबार दिउँसो १ का लागि बोलाइएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राखेको छ ।

प्रधानमन्त्री प्रचण्ड’ले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएको विरोधमा एमालेले संसद बैठक अबरुद्ध गर्दै प्रधानमन्त्रीको राजिनामालाई बटम लाइन बनाएको हो । त्यही अडान राखेर एमालेले बुधबारदेखि संसद संसद् अबरोध गरिरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत एमालेलाई साथ दिइरहेका छन् । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सत्ता पक्ष र एमालेबीच कुरा मिलेन ।

एमालेले प्रधानमन्त्रीको राजीनामाबाहेक अरू कुनै कुरामा सहमति गर्न नसकिने स्पट गरेको छ भने सत्ता पक्षका दलहरूले यसबारेमा प्रधानमन्त्रीले संसदमा कुरा राख्न पाउनु पर्ने अडान राखेका छन् । बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर सहमति गर्न प्रस्ताव गर्नुभएको छ ।

संसद अवरुद्ध हुँदा खासगरी मिटरब्याज सम्बन्धी विधेयक निष्क्रिय हुनु नदिन सभामुखले जोड दिनु भयो । त्यसका लागि सहजीकरण गर्न तयार रहेको भन्दै १–२ दिन भित्रै सहमति गर्न सभामुखले आग्रह गर्नुभयो । त्यसपछि सूचना टाँस गरेर बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको बैठक अवरोध भएपछि मिटरब्याजसम्बन्धी अध्यादेश नै टेबल हुन सकेको छैन । अत्यावश्यक कानुन नै निष्क्रिय हुने र मिटरब्याजीपीडितहरू झन् मर्कामा परेको हुँदा सभामुखले अवरोध खुलाउन तदारूकता देखाउनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);