औद्योगिक वातावरणमैत्री मौद्रिक नीति ल्याउन आवश्यकः अध्यक्ष अग्रवाल | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

औद्योगिक वातावरणमैत्री मौद्रिक नीति ल्याउन आवश्यकः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि बजेटको सोचअनुरुप औद्योगिक वातावरणमैत्री मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले मूल्यवृद्धिको लक्षित सीमामा २ प्रतिशतको लचकतालाई दृष्टिगत गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको कर्जा बिस्तारमा मौद्रिक नीतिले जोड दिन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले ाष्ट्र बैंकले उद्योगीहरु बचाउँदै आर्थिक गतिविधि बढाउन र लक्षित आर्थिक वृद्धि हाँसिल गर्न बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै समग्र बजार माग उकास्ने नीति अवलम्वन गर्नुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले मूल्यवृद्धिलाई लक्षित सीमामा राख्दै रोजगारी सिर्जना हुने वातावरण निर्माण गर्ने नीति तय गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले मूल्यवृद्धिको लक्षित सीमामा २ प्रतिशतको लचकतालाई दृष्टिगत गरेर मौद्रिक नीति ल्याउनुपर्ने हाम्रो धारणा छ । साथै ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि पनि बजेटको सोचअनुरुप औद्योगिक वातावरणमैत्री र उत्पादनशील केन्द्रित भएर निजी क्षेत्रको कर्जा बिस्तारमा मौद्रिक नीतिले जोड दिन आवश्यक छ । राष्ट्र बैंकले उद्योगीहरु बचाउँदै आर्थिक गतिविधि बढाउन र लक्षित आर्थिक वृद्धि हाँसिल गर्न बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै समग्र बजार माग उकास्ने नीति अवलम्वन गर्नुपर्ने खाँचो छ । मूल्यवृद्धिलाई लक्षित सीमामा राख्दै रोजगारी सिर्जना हुने वातावरण निर्माण गर्ने नीति तय गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रलाई सुरक्षित राख्न आवश्यक कदम चाल्नुपर्छ । अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने धारणा छ । मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ भने समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीति आवश्यक छ । उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने नीति कायम गर्नुपर्छ ।’

अध्यक्ष अग्रवालले अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने बताउनु भयो । उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक रहेको र समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताउनु भयो । उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने नीति कायम गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);