१० महिनामा १५ हजार बढी व्यवसाय बन्द | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

१० महिनामा १५ हजार बढी व्यवसाय बन्द

काठमाडौं । पछिल्लो १० महिनामा १५ हजार बढी व्यवसायीले आफ्नो व्यवसाय आधिकारीक रुपमा बन्द गराएका छन् ।

१५ हजार ७ सय १६ जनाले आधिकारीक रुपमा व्यवसायिक स्थायी लेखा नम्बर बन्द गराएका हुन् । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १ लाख २३ हजार ७ सय ६० जना व्यवसायी थपिएका छन् । अर्थात् उनीहरुले आधिकारीक रुपमा व्यवसाय थप गरेको हुन् ।

गत असार मसान्तसम्म कुल स्थायी नम्बर लिनेको व्यवसायीको संख्या १७ लाख ६२ हजार ४ सय २३ रहेकोमा अहिले १८ लाख ७० हजार ४ सय ५७ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ३५ लाख ३७ हजा २ सय ४८ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता रहेकाहरुको संस्था ३ लाख ७ हजार १ सय २७ रहेका छन् ।

त्यस्तै अन्तशुल्कमा १ लाख १८ हजार ९ सय ६१ रहेका छन् । अर्थ मन्त्रालयले करको दायरा विस्तार भैरहेको जनाएको छ । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर समेत २६ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);