महोत्तरीमा गोली चल्यो,कन्चट र दाहिने कुममा गोली लागेका यादवको उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

महोत्तरीमा गोली चल्यो,कन्चट र दाहिने कुममा गोली लागेका यादवको उपचार हुँदै

काठमाडौं, २० असार । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिनुभयो । कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए ।

स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताउनु भयो । श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताउनु भयो । उहाँले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको बतउनु भयो । त्यस्तै गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पेसेन्टलाई गोली लागेको भनेर ल्याइएको थियो, दाहिने तिरको घाँटीको माथिबाट गोली लागेर आँखा भन्दा ठिक तलबाट निस्किएको थियो । अर्को छातीमा लागेको थियो । रगत नली बँचेकाले उहाँलाई धेरै जोखिम भएन ।’
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);