काठमाडौं, २० असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरुले धर्ना सुरु गरेका छन् । प्रशासनले ३ महिनाको तलब नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले केहीबेर प्रशासन समेत घेराउ गरेका थिए । अस्पतालले बैशाखदेखि तलब नपाएको आरोप लगाएका छन् ।
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा यी सबै समस्या आएको प्रशासनको भनाइ छ । कार्यकारी निर्देशक डा.देजकुमार गौतमको कार्यकाल सकिएसँगै नयाँ नियुक्ति हुन सकेको छैन् ।
अस्पतालको फार्मेसीमा औषधीको पनि अभाव हुन थालको छ । बोर्डमा ६ जना सदस्यको पद खाली छ । जसमा ४ चिकित्सक र ३ स्थानीय समाजसेवी रहने प्रावधान छ ।