काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढेको छ ।
नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा बन्द भएको हो । नेप्सेमा बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार माथिको कारोबार भएको हो ।
आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।