काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से २१.३२ अंकले घटेको छ । नेप्से १.०२ प्रतिशतले घट्दा नेप्से इन्डेक्स २०७५.९७ विन्दुमा पुगेको छ ।
नेप्सेमा गिरावट आएसँगै हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । आज कुल ४ अर्ब ५ करोड १० लाख ७८ हजार माथिको कारोबार भएको हो ।
आज होटल र ट्रेडीङ्गबाहेक सबै उपसूचक रातो देखिएका छन् ।