काँग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्ः नेता केसी | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

काँग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्ः नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताउनुभएको छ ।

शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले काँग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताउनुभएको हो । उहाँले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताउनु भयो । उहाँले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताउनु भयो ।

नेता केसीले काँग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आफुहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिड्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);