संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैनः अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गर्नुभयो । उहाँले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरुले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);