काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताउनु भयो । उहाँले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउनु भयो ।
मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।