काठमाडौं, १५ असार । अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ ।
बस्न्यातलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।
तर बस्न्यात भने फरार रहेको प्रहरीको भनाइ छ । उनीमाथि चर्चित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सरकारी लिखत किर्ते गरेको आरोप छ । सो प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।