गतिविधि बढाऔं, नेपाली काँग्रेस सुस्त भयो : मन्त्री लिम्बू | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

गतिविधि बढाऔं, नेपाली काँग्रेस सुस्त भयो : मन्त्री लिम्बू

काठमाडौं, १५ असार । युवा तथा खेलकुमन्त्री एवं नेपाली काँग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रद्येशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको गतिविधि शुन्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको बताउनु भयो । उहाँले पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइएपनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ । त्यो विषयमा केन्द्रिय सभापति ज्यु र केन्द्रिय नेताहरु अनविज्ञ हुनुहुन्न । त्यो विषय त्यहाँका सांसद साथीहरुले उठाउनुभएको छ । त्यहाँ काँग्रेसमा आवद्ध साथीहरुलाई तपाईहरु पहिचान बिरोधी हो ? तपाईहरु संघीयताबिरोधी हो की होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ । यो पुनःविचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । पार्टी के भन्छ सभापतिज्युले भन्नुहोला । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ की उठ्दैन ? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ । अहिले नेपाली काँग्रेसको गतिविधि शुन्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएका छ्न् । हामी चुप लाग्ने हो भने काँग्रेसको इतिहास मेटिने देखिन्छ । पार्टीको केन्द्रमा नपरेको मन्त्रालय मलाई दिइएको छ । त्यो मन्त्रालयभित्र गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? यो मन्त्रालयको रिफर्म नगरी मन्त्रालय अघि बढ्ने स्थिति छैन । यो मन्त्रालयमा २ अर्ब ७ करोड रुपैयाँ मात्रै बजेट छ । पैसै छै, तर सिलिङ थपिएन । जति छ त्यसलाई व्यवस्थापन गर्नेछु ।’

मन्त्री लिम्बूले अहिले नेपाली काँग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);