विदेशमा नेपालीहरुमा छाएको चरम निरासा ममाथिको आक्रमण : प्रकाश सपुत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

विदेशमा नेपालीहरुमा छाएको चरम निरासा ममाथिको आक्रमण : प्रकाश सपुत

काठमाडौं, १५ असार । गायक प्रकाश सपुतले रोमानियामा सांगितिक प्रस्तुति दिने क्रममा आफूमाथि भएको आक्रमणले मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । घट्नासंग अरु कुनै खÞराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले आफ्नो मनमा गहिरो चोट पुगेको उनको भनाई छ ।

“यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ । कोभिड पछाडि यस्तो डर (एन्जाईटि) लाई पटक – पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु ।”–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको उनको दाबी छ । सपुतले आफुमाथिको आक्रमण बाध्यता र परिस्थितिको उपज भएको बताएका छन् ।

”बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रो संग जान्दछु । मैले मेरो जिवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको संगत गरेको छु । त्यसमाथी सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होईन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो । मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु । र सधै हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्व संग प्रश्न गरिरहनेछु !”  उनले सामाजिक सञ्जालमा लेखेका छन् । ”जिवन आफैमा एउटा यात्रा हो । यो यात्राको लागी म हिडेको बाटो मेरै रोजाई हो । यसका सबै उतार–चढ़ाव स्विकार्य छ । तर यस्तो घट्ना घटाउने र माफि मै मिलाउने गलत नजिर नबसोस । प्रेम, सम्मान, सुरक्षा, संस्कार , हार्दिकता, मानवता हामी सबैमा हुन जरुरी छ । समय परिस्थितिवश यस्तो घट्नाहरु घट्छन । गल्ती कमजोरी हुन पुग्छन । यसलाई जसो तसो स्विकार्न र सन्तुलन गर्न सकिन्छ । अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घट्ना घटाएर, निरन्तर नकारात्मक व्यङ्ग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष अप्रत्यक्ष वचन लगाएर खÞराब नियतबस मलाई निरुत्साहित गर्ने सोचिरहनु भएको छ भने तपाई अलरेडि असफल सोचमा हुनुहुन्छ किनकि मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाड्ने र आफ्नो सिर्जना मार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रा लाई अब कुनै बिचार, वचन र बोत्तलको प्रहारले रोक्न सक्दैन !”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);