तातो हावाको लहरका कारण अमेरिकाको दक्षिणी भागमा १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

तातो हावाको लहरका कारण अमेरिकाको दक्षिणी भागमा १७ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

वेब काउन्टी दक्षिणी टेक्सासमा असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ । त्यहाँका नागरिकले अहिलेको जस्तो गर्मी आफूहरुले यसअघि कहिल्यै अनुभव नगरेको बताएका छन् । यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ ।

त्यहाँको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो । यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);