बुढानीलकण्ठमा भक्तजनको भीड | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

बुढानीलकण्ठमा भक्तजनको भीड

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकासहित देशभरका भगवान विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ । काठमाडौंको बुढानीलकण्ठमा पनि आज भीड लागेको छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । Photo : Sp Koirala

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);