बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ: विनोद चौधरी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ: विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले पुँजिगत खर्चलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरु चालेको पनि बताउनु भयो ।

उहाँले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभइ सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);