दोहोरो अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तीम दिन बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ ।

नेप्से ३५.३७ अंकले घट्दा नेप्से इन्डेक्स २१५०.९९ विन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा भने सुधार देखिएको छ । आज ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार माथिको कारोबार भएको हो ।

आज ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो ।

Leave a Reply