पशुपतिको जलहरी आज अपरान्ह्र पुनर्स्थापित गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

पशुपतिको जलहरी आज अपरान्ह्र पुनर्स्थापित गरिने

काठमाडौं, १३ असार । पशुपतिनाथ मन्दिरको शिवलिङ्गबाट निकालिएको जलहरी आज अपरान्ह पुनस्र्थापित गरिने भएको छ । गत आइतबार अख्तियारसहितको टोलीले तौल लिनका लागि जलहरी निकालेको हो ।

अख्तियारसहित पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरिएको थियो ।

सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १,जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौल लिइएको थियो । कल तौल १०६.४३२५ किलो रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);