काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न सीआईबीको टोली उनकै निवास नक्साल पुगेको थियो । गुरुङ ललिता निवासको जग्गा प्रकरणमा सरकारी जग्गाा हिनामिना प्रकरणमा आरोपित छन् ।
प्रहरीको फरार सूचीमा रहेका गुरुङले कर्मचारीहरुसँग सेटिङ गरेर सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।
उनीमाथि शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमाणि केसी र टिका घिमिरेसँग मिलेमतो गरेको आरोप छ ।