काठमाडौं, ११ असार । रुसले आइतबार उत्तरपश्चिम सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरेको थियो । जसमा दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इदलिब प्रान्तको जिसर अल–शुगुर सहरको बजारमा आक्रमण भएको हो । यहाँ तरकारी किन्नेहरुको भीड लागेको थियो ।
सिरियाले यो आक्रमणलाई नरसंहारको संज्ञा दिएको छ । घटनास्थलमा उपस्थित ३५ वर्षीय मजदुर साद फातोले आक्रमणको क्रममा ज्यान बचाउन मद्दत गरेको बताए ।
सिरियाल भन्यो–‘रुसीहरूले हामीमाथि गोलाबारी गरे । आक्रमणको समयमा म बजारमा कारबाट टमाटर र काकडी उतार्दै थिए । आक्रमणपछिको तस्विरलाई शब्दमा वर्णन गर्न सकिँदैन ।
मानिसहरूलाई मद्दत गर्दा मेरो हातमा रगत छ । ’
घटनास्थलबाट कालो धुवाँको मुस्लो उठिरहेको देखे। केही बेरमै एम्बुलेन्स घटनास्थल पुगेर घाइतेलाई अस्पताल पु¥याउने काम सुरु भयो ।