काठमाडौं, १० असार । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बोलाईएको हो । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ ।
सांसदहरूले सोधेको प्रश्नको आजको बैठकबाट गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।




