काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विपन्न, गरिव, असहाय र बेवारिसे नागरिकहरुलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो ।
उहाँले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिदाँ १० प्रतिशत उपचार विपन्न, गरिव, असहाय, बेवारिसे बिरामीहरुलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले दशकौँदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको बताउनु भयो ।
उहाँले आफू सुर्तिजन्य पद्धार्थमा कर बढाउनका लागि लागिपरिरहेको बताउनु भयो ।