बजेटमा स्रोत र साधनको न्यायपूर्ण विनियोजन भएको छः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

बजेटमा स्रोत र साधनको न्यायपूर्ण विनियोजन भएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताउनुभएको हो ।

उहाँले मानव विकासका सुचकांकमा पछाडी परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत र साधनको न्यायपूर्ण विनियोजन गरिएको बताउनु भयो ।

उहाँले राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);