काठमाडौं । विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डीजविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
जिम्बाबेमा जारी खेलमा वेस्ट इन्डीजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । साथै, दोस्रो विकेटको रुपमा भिम सार्की क्याच आउट हुन पुगे । ३६ बलमा २८ रन जोडेका अर्का ओपनर आसिफ सेख पनि आउट हुन पुगेका छन् । नेपालले पाँचौ विकेटको रुपमा कप्तान रोहित कुमार पौडेललाई गुमाएको छ ।
अहिले क्रिजमा कुशल मल्ल र आरिफ सेख रहेका छन् । २०औं ओभरको खेल जारी रहँदा नेपालले ४ विकेट गुमाएर ८१ रन बनाएको छ ।