गैरसरहकारी संस्थालाई विद्युत प्रशारण लाइन बनाउन दिनु हुँदैनः कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

गैरसरहकारी संस्थालाई विद्युत प्रशारण लाइन बनाउन दिनु हुँदैनः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भुमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अपm्ठ्यारो व्यहोर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताउनु भयो । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उहाँले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताउनु भयो ।

उहाँले भूमिगत गर्ने काम निकै अपm्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने बताउनु भयो । उहाँले तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अपm्ठ्यारो व्यहोर्नुपर्ने बताउनु भयो । प्रवन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रशारण लाइन बनाउन दिनु नहुने बताउनु भयो । त्यस्तै एउटा प्रशारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानूनी व्यवस्था गर्न सांसदहरुलाई ध्यानाकर्षण गराउनु भयो ।

उहाँले देशभरीको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);