राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो । बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी,जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पु¥याएको छ । यसको राहत, पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ ।’

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिको राहत, पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);