जनताले रास्वपालाई आशा र भरोसाको रुपमा लिएका छन् : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

जनताले रास्वपालाई आशा र भरोसाको रुपमा लिएका छन् : रवि लामिछाने

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभएको हो । उहाँले त्यसको स्पष्ट संकेत देखिइसकेको बताउनु भयो । उहाँले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताउनु भयो । उहाँले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । शुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन । समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो । तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भयो । उहाँले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताउनु भयो । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहाना छदैछ । चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने त, हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौँ नि । सम्बन्धका हिसावले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरुको कामको हिसावले पनि मैले त निरन्तर रुपमा उहाँहरुको कामको प्रशंसा गरेकै छु । चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ ।’

सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफु पार्टी प्रवेश गरेको बताउनु भयो । उहाँले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताउनु भयो ।
नेता शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);