अल्मलिने हजार बहाना, अघि बढ्ने लाख बाटो भेटिन्छन् : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

अल्मलिने हजार बहाना, अघि बढ्ने लाख बाटो भेटिन्छन् : रवि लामिछाने

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन् । एक वर्ष अघि आजकै दिन स्थापना भएको रास्वपाले आज पहिलो वर्ष गाँठ मनाउँदै छ । एक वर्षमै रास्वपा २१ सिटसहितको देशकै चौथों पार्टी बन्न सफल पनि भएको छ ।

रास्वपाले आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाउने कार्यक्रम तय गरेको छ । रास्वपाले आज पार्टी स्थापनाको दिवसमा १ देखि ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना पनि गरेको छ ।

“इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। “होइन, छैन, सकिदैन“ मात्र होइन “हो,छ र सकिन्छ“ भन्दै अघि बड्नु पर्छ । आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो,कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुदा हिजोको जग खडा हुने सबैलाई धन्यवाद दिएका छन् । आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं ।” –उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);