मन सफा, शरीर स्वस्थ र निरोगी बन्न योग आवश्यक : गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

मन सफा, शरीर स्वस्थ र निरोगी बन्न योग आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ६ असार । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा आज आयोजित योग अभ्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको छ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा योग अभ्यासको आयोजना गरिएको हो ।

गृहमन्त्री श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा प्रदान गर्ने बताउनुभयो ।

धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा कार्यमा परिचालित हुने जनशक्ति शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने भएकोले सशस्त्र प्रहरी बल नेपालमा हुने व्यायामहरुमा योगलाई विशेष प्राथमिकताका साथ समावेश गर्ने प्रक्रिया थालनी भईसकेको उल्लेख गर्नुहुँदै योगले तनाव, अशान्ति र विचलित रहेको मतिष्कलाई सन्तुलनमा ल्याई मानसिक र शारीरिक रुपमा नैतिकवान, कर्तव्यपरायण र निष्ठावान जनशक्ति निर्माण गर्न सहयोग पु¥याउने बताउनुभयो ।

योग अभ्यासमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुसमेतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);