भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सांसद कार्कीको माग | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भईसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क समेत गर्नु भयो । सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरुमा बाढि र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रुपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ । तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रुपमा परिणत गर्न समामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यान आषर्कण गराउन चाहन्छु । गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भिषण वर्षा भयो । त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ । त्यो क्षतिलाई राहत, उद्धार र पुनस्र्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस भन्ने पनि म कामना गर्दछु ।’

सांसद कार्कीले बाढि, पहिरो पीडितलाई सहज हुने गरी आवश्यक खाद्यान्न लगायतका अति आवश्यक बस्तुहरुको व्यवस्था मिलाउन पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);