समाजवादी मोर्चाबारे बाबुरामको टिप्पणी : केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

समाजवादी मोर्चाबारे बाबुरामको टिप्पणी : केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ

baburam bhattarai

काठमाडौं, ५ असार । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माण प्रति कडा टिप्पणी गरेका छन् । जालझेलले समाजवादको निर्माण नहुने भन्दै भट्टराईले नवगठित मोर्चा सत्ताको बार्गेनिङको अंश बन्न नहुने विचार ब्यक्त गरेका हुन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’ –उनले लेखेका छन् ।

समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नगर्न पनि डा.भट्टराईले सुझाव दिएका छन् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न नसकिने भन्दै त्यतातिर पनि ध्यान दिन आग्रह गरेका छन् ।

उनले लेखेका छन्,समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोुस ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);