सिकल सेल एनिमियाको न्युनीकरणमा मोदीले पहल कदमी लिने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सिकल सेल एनिमियाको न्युनीकरणमा मोदीले पहल कदमी लिने

बर्दिया । संघीय मामिलातथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहल कदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधनगर्दै मन्त्री मोदीले यस्तो बताएकाहुन् ।

“थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनिभएको छ” मन्त्री मोदीले भने,“सिकल सेलको न्युनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहल कदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथकार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्रीमोदीको भनाई छ “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्थामिलाएको छ” मन्त्रीमोदीले भने, “सिकल सेल एनिमिया रोग थारू समुदायकालागि ठूलै जनस्वास्थ्य समस्याहो ।यसको नियन्त्रणका लागिविशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु ।”

मन्त्रीमोदीले समुदायमाआधारित जाँच, नियमितउपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रमनिर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमाजनचेतना बढाउन आवश्यक रहेको समेत बताए ।

मन्त्रीमोदीले सिकल सेलका सम्बन्धमाआफूले संयुक्तराष्ट्र संघमा समेत महत्वका साथविषय राखेको स्मरण गराए । ०८० वैशाख ०६ गते मन्त्रीमोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना भएकोआदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमाथारु समुदायमा भयावह रूपमा फैलिएको सिकल सेलएनिमियाको विषयमा विशेष प्राथमिकताका साथआफ्नो भनाई राखेका थिए ।

सिकल सेलएनिमियाको विषयआफू थारु समुदायकै भएका कारणले पनिअन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्वभएको बताउँदै मन्त्रीमोदीले संयुक्तराष्ट्र संघमा भनेका थिए, “यो रोगको रोकथामकालागि नेपाल सरकारले निभाउनुपर्ने दायित्वनिभाइरहेको छ, भविष्यमायसको थप अनुसन्धानका सन्दर्भमाअन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।”

राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागिजनचेतनाजगाउने र नगरभित्रकानागरिकमासिकलजाँच गर्ने उद्देश्यले पहिलोपटक दिवसको आयोजना गरेको हो । दिवसमालुम्बिनीप्रदेशकाभौतिकपूर्वाधारमन्त्री धर्म बहादुर चौधरी, लुम्बिनीप्रदेशकापूर्वमन्त्री कृष्णा केसी, प्रमुखजिल्लाअधिकारी नारायणप्रसाद रिसाल, राजापुर नगरपालिकाकाप्रमुखदिपेश थारु, उपप्रमुखमनकलाकुमारी चौधरी उपस्थितथिए ।

सिकल सेल दिवसमा झण्डै १४ सयजना बिरामीको स्वास्थ्य परिक्षण गरी आवश्यकऔषधीवितरण गरिनेछ । स्वास्थ्य परिक्षणका लागिविशेषज्ञ डा। विशेष पौडेल, डा। राजन पाण्डे उपस्थित छन् । दिवस एक सातासम्म जारी रहनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);