समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोडः विप्लव | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोडः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनु भयो । उहाँले देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको बताउनु भयो । नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उहाँले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउनु भयो । उहाँले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताउनु भयो ।

महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताउनु भयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराउनु भयो । उहाँले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताउनु भयो । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताउनु भयो । उहाँले मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);