काठमाडौं, ४ असार । आज काठमाडौं उपत्यकाका सिनेमा हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोके । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आदेश मानेर हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका हुन् ।
आदिपुरुषमा समावेश भएको ‘जानकी भारतकी छोरी हुन्’भन्ने भ्रमपुर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बालेनले चेतावनी दिएअनुसार हल सञ्चालकहरुले आज प्रदर्शन रोकेका हन् ।
महानगरको आदेशलाई स्वीकार गरेर हलहरुले फिल्मको प्रदर्शन रोकेका हुन् । आइतबार मेयर बालेनले सोमबारदेखि फिल्म प्रदर्शनमा रोक लगाए । विहीबार बालेनले ३ दिनभित्र विवादित संवाद भारतबाटै नसच्याए कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए ।
आदीपुरुषमा साउथ अभिनेता प्रभास रामको भूमिकामा छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छिन् । त्यसैगरी, सैफ अलि खान रावणको भूमिकामा प्रस्तुत भएका छन् ।