आदिपुरुषको निर्माता कम्पनीले बालेनलाई पठायो प्रष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

आदिपुरुषको निर्माता कम्पनीले बालेनलाई पठायो प्रष्टीकरण

काठमाडौं,४ असार । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ । कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरेको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो । कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ ।

यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ । यसअघि बालेनले आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने भनेपछि यो स्पष्टीकरण आएको हो । शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न आजदेखि निषेध गरिएको बताउनु भएको हो । सामाजिक सञ्जालमार्फत मेयर शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण समेत गराउनु भएको छ । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म ’आदिपुरुष’ नेपालमा पनि विवादित बनेपछि हलवालाहरुले पनि आजबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन रोक्ने भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);