काठमाडौं । सत्तारुढ नेकपा(माओवादी) केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह‘बालेन’ले आफ्नो संगठनले विद्यालयहरुमा लगाएको ताला खोलेको प्रति आक्रोशित हुँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरुको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर तालाखोलेको आरोप लगाएका छन् ।
संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्घन्द निम्त्याउन खोजेको आरोप लगाउँदै भने,“खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठूलो मुल्य चुकाउनु पर्छ ।”गरिब, जेहेन्दार र अल्पसंख्यकहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्धा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृतिको व्यवस्थाभएको र त्यस विरुद्धकोहीपनि जानु घातक हुने चेतावनी दिए । विगतमा मेयर साह पनि अखिल(क्रान्तिकारी)को सदस्य रहँदा गरिब र किसानका छोराछोरीको पक्षमा वकालत गरेको तर आज चटक्कै भुलेर उनिहरुमाथि नै घात गर्न थालेको आरोप लगाए । आज तिनै गरिव माथि निरन्तर खनिनु दुर्भाग्य भएकोमा प्रश्न गर्दै भने,“तपाईले उनिहरुको आवाज सुन्न पर्दैन ? गरिबका छोराछोरीले १० प्रतिशत छात्रवृत्ति पाउँदा तपाइलाई केको टाउको दुखाई भयो ?” चन्दा नदिएकोले आन्दोल नगरेको भन्ने आरोपलाई खण्ड नगदै भने, ‘यदि हाम्रो संगठनलाई कहीँकतै बाट चन्दा नदिँदा आन्दोलन गरेको प्रमाण भए पेश गर्नुस् सजाय भोग्न तयार छौं ।’
सो संगठन काठमाडौं जिल्ला समिति इन्चार्ज यादब ढुङगानाले काठमाडौं भित्रका विद्यालयहरुले काठमाडौं भित्रका विद्यालयहरुले दिने १० प्रतिशत छात्रवृतिको नामावाली प्रकाशित गर्ने मागलाई वेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको धारणा राखे । आन्दोलनलाई वेवास्ता गरेको बताउँदैभने,“संगठनलाई बार्तामानबोलाई बालेनले महानगर पुलिस लगाएर तालाफोडे अबयसको परिणाम भयानक हुन्छ ।” गरिव र जेहेन्दार विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्छ भन्दा बीचमा मेयरसाब आउनुहुन्छ, के अब हामीसँग निहु खोज्नु नै भएको हो त, ढुङगानाले प्रश्न गरे ।