‘आदिपुरुष’को आपत्तिजनक सन्देश हटाउन पहल गर्न बालेनले लेखे केन्द्र सरकारलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

‘आदिपुरुष’को आपत्तिजनक सन्देश हटाउन पहल गर्न बालेनले लेखे केन्द्र सरकारलाई पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै, दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा राखिएको आपत्तिजनक अंश हटाउन पहल गर्न अनुरोध गरेका छन् । चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन पहल गर्नका लागि प्रमुख शाहले पत्राचार गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

कानुनी प्रबन्धको विषय उल्लेख गर्दै प्रमुख शाहले पत्रमा भन्नुभएको छ, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको सरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सास्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राष्ट्रहित विपरीतको उक्त चलचित्रको काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्र प्रदर्शनमा निषेध गरेर देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्छ । पत्रमा भनिएको छ, यसकारण नेपाल सरकारलाई छिमेकी मित्र राष्ट्र भारतसँग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ । साथै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत अनुरोध गरिन्छ ।

पत्रको वोधार्थ कार्यार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र चलचित्र विकास वोर्डलाई दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);