तराईमा अझैं दुई दिन तातो हावा चल्ने, यी क्षेत्रमा छ वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

तराईमा अझैं दुई दिन तातो हावा चल्ने, यी क्षेत्रमा छ वर्षाको सम्भावना

काठमाडौं । तराईका भू–भागहरूमा आगामी २ दिन सम्म तातो लहरको सम्भावना यथावत् रहने देखिएको छ ।

मौसम पुर्वानुमान महासाखाले आगामी केही दिन सम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण गर्दै यसबारे जानकारी दिएको छ ।

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपूर, नवलपरासी जिल्लामा अत्याधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ ।

मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेश प्रदेशको पुर्वी भू–भाग, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पुर्वी भू–भागमा भने बदली र वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);