सुनुवाई समितिले गर्यो प्रधानन्यायाधीशका लागि कार्कीको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

सुनुवाई समितिले गर्यो प्रधानन्यायाधीशका लागि कार्कीको नाम अनुमोदन

काठमाडौं, १ असार । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

शुक्रवार बसेको सुनुवाइ समितिको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्येष्ठ सदस्य सभापति सभापति पशुपति समशेर जबराले कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद्वारा प्रधानन्यायाधीशमा प्रश्तावित श्री हरिकृष्ण कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० को नियम २६ काके उपनियम ५ बमोजिम सर्वसम्मतिले अनुमोदन भएको जानकार गराउँछु ।’

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रश्तावित कार्कीसँग बिहीवार कार्ययोजना लिएको थियो भने शुक्रवार प्रश्नोत्तर गरेको थियो । कार्कीले सर्वोच्च अदालतमा साउन २० गतेसम्म मात्रै नेतृत्व गर्नुहुनेछ । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गत असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);