आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

खोटाङ । आफ्नै श्रीमती २८ वर्षीया सरीता तामाङको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);