काठमाडौं, ३२ जेठ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल शुरु हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।




